सप्तरीमा नहरका अवैध संरचना हटाइने
gorkhapatraonline.com · Wed Apr 01 17:33:10 GMT 2026

सप्तरीको कोशी पम्प नहर सिंचाई प्रणाली, कोशी पश्चिमी वितरण नहर सिंचाइ प्रणाली र चन्द्र नहर सिंचाइ प्रणालीको नहर क्षेत्र भित्रको स्वामित्वमा रहेका सार्वजनिक जग्गाको अतिक्रमणहरू हटाइने भएका छन् ।
नहरको जग्गाहरु विभिन्न व्यक्तिहरुद्वारा अतिक्रमण गरि घर टहराहरु बनाइएको, घाँस,पात लगाइएको, दलहन वाली लगाइएको, रुख–विरुवाहरु लगाइएकोेले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र हटाउन कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालय राजबिराजका प्रमुख बीरेन्द्र प्रसाद यादवले सोमवार सार्वजनिक सूचना प्रकाशन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)