एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर
baahrakhari.com · Fri Nov 15 16:55:42 GMT 2024
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनोट गरेको छ । गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदीप अर्याल आइकनिक खेलाडी छनोट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनोट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनोट गरेको छ । जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपीएल खेल्ने अवसर पाएका हुन् । अर्यालसँगै स्याङ्जाका सन्दीप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर तथा तनहुँका सन्दीप पराजुली गण्डकी हिरोजका रूपमा छनोट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)