मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

nepaltvonline.com · Mon Dec 18 00:21:00 GMT 2023

काठमाडौं- इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ ।

गाजा-इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी स्वतन्त्ररुपमा पुष्टि हुन नसकेको सीएनएनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)