विद्यार्थीले दिए मेची अस्पताललाई ४०० थान रिएजेन्ट किट
thahakhabar.com
झापा : भद्रपुर नगरपालिकाको विभूति विद्या मन्दिरका पूर्वविद्यार्थी (एसएलसी समूह २०६३) ले मेची अञ्चल अस्पताललाई ४०० थान रिएजेन्ट किट निःशुल्क प्रदान गरेका छन्। अस्पतालमा बन्द भएको पिसिआर परीक्षण तत्काल सञ्चालन गराउन रिएजेन्ट किट उपलब्ध गराएको हो।
अस्पतालमा रिएजेन्ट किट अभाव हुँदा गत शनिबारदेखि पिसिआर परीक्षण बन्द भएको थियो। सरकारी दररेट अनुसार प्रतिकिट ७०० रुपैयाँ पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रतिकिट ४५० रूपैयाँमा खरिद गरी अस्पताल प्रशासनलाई बिहीबार बिहान हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)