मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘पात्र चयनको सकस’

ekantipur.com · Sat Mar 05 01:26:24 GMT 2022

धनगढी — ‘पात्र र उसको भूमिका सही ढंगले छनोट गर्न सकिएन भने पाठकहरूबाट गाली पनि पाइन्छ,’ लेखिका उमा सुवेदीले भनिन्, ‘उपयुक्त भूमिकामा उपयुक्त पात्र छनोट गर्न सकियो भने स्यावासी पाइन्छ ।’ धनगढीमा जारी नेपाली साहित्य महोत्सव ०७८ को दोस्रो दिन पनि साहित्य र सिर्जना अनि राजनीतिका अनेक आयामबारे छलफल चल्यो । शुक्रबारको सत्रमा पत्रकार दीपक सापकोटाले लेखकहरू नयनराज पाण्डे, नारायण ढकाल र उमा सुवेदीबीच ‘हाम्रा लेखक ः हाम्रा पात्र’ विषयमा बहस भएको छ ।

पाण्डेले कतिपय लेखनीमा पात्र र उसको भूमिका साँच्चै कुनै चिनजानकै व्यक्तिसँग मिल्न जाने बताए । ‘कतिपयले त आफू पात्र बन्न पाएकोमा खुसी पनि व्यक्त गर्छन्,’ उनले भने, ‘तर धेरैजसो बेला त्यो त संयोग मात्र बन्न पुगेको हुन्छ ।’ ढकालले पनि पात्र चयनको महत्त्वलाई बेजोड ढंगले उठाए । ‘पात्रहरू युगीन बोलीहरूमा प्रतिविम्बित भएका हुन्छन्,’ ढकालले भने, ‘महाभारतका पात्रहरू कति धेरै जबरजस्त देखिन्छन् । यही उदाहरण काफी छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)