न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित
thahakhabar.com
काठमाडौं : टी–२० आई सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भारत ५ विकेटले विजयी भएको छ। न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
उसका लागि सूयकुमार यादवले शानदार ब्याटिङ गरे। उनले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए। यो उनको टी–२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो। यसअघि उनको टी–२० आईमा उच्च स्कोर ५७ रन थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)