गुरु नानकको मानवतावादी दर्शन तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्छ : श्रेष्ठ
ratopati.com · Fri Nov 15 17:48:00 GMT 2024

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानकको शिक्षा तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
शिख धर्मका प्रवर्तक गुरु नानकको पाँच सय ५५औँ जन्म जयन्तीका अवसरमा कुपण्डोलस्थित गुरुद्वारमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले तत्कालीन समाजमा विद्यमान सामाजिक विकृति तथा कुरुतिका बिरुद्ध सङ्घर्ष गरी गुरु नानकले आध्यात्मिक भावनाबाट समानता, बन्धुत्व, सद्गुणमा आधारित विभेदरहित सामाजिक आधार सिर्जना गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)