अखिल कपको उपाधि मणिमुकुन्दलाई
dcnepal.com · Thu Mar 31 16:21:22 GMT 2022
भैरहवा । बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा बिहीबार सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाईनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३–० को सेटमा पराजित गर्दै मणिमुकुन्द कलेजले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद ३३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता बुटवल बहुमुखी क्याम्पस नगद २२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा भएको खेलमा मणिमुकुन्द कलेजले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५–१९, २५–२३, २६–२४ अंकको सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो। प्रतियोगितामा यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्दै नगद ११ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)