मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि राेकिएला मनसुनी वर्षा ? यी चार प्रदेशमा हावाहुरीकाे सम्भावना

shilapatra.com · Fri Sep 08 23:15:00 GMT 2023

आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसाे मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरी चल्न सक्छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । साथै पूर्वीमधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)