युरोपमा चिसोका कारण जनजीवन प्रभावित, यातायातमा समेत अवरुद्ध
ratopati.com · Wed Jan 07 17:33:34 GMT 2026

पेरिस, फ्रान्स । अत्यधिक हिमपात र चिसो हावाले बुधबार तेस्रो दिन युरोपका विभिन्न भागहरूमा यातायात अस्तव्यस्तता ल्यायो ।
हिमपातका कारण यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्दा र कतिपय धावनमार्गमा समेत बाक्लो कुहिरो र हिउँ पर्दा सयौँ उडानहरू रद्द भएका छन् । उडान सेवा अवरोध हुँदा विमानस्थलमा पुगेका यात्रुहरूसमेत गन्तव्यमा पुग्न सुकेको छैनन् । चिसोका कारण पेरिस र एम्स्टर्डमका एयरपोर्टहरू सबैभन्दा बढी प्रभावित भएका छन् । डच अधिकारीहरूले भने, “समयमा उडान हुन नसक्दा एक हजारभन्दा बढी यात्रुहरू युरोपको सबैभन्दा व्यस्त केन्द्रहरू मध्ये एक शिफोलमा मंगलबार रात बिताउन बाध्य भएका थिए ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)