मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा

ekantipur.com · Tue Aug 24 01:05:11 GMT 2021

काठमाडौँ — एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्‍याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए ।

नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा ९एकीकृत समाजवादी० दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधबार बोलाएको छ ।रिसोर्ट प्रशासनका अनुसार एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)