अति प्रभावित जिल्लाहरूमा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने
barnanmedia.com · Sat Jul 26 22:37:44 GMT 2025

नेपाल सरकारले यही साउन ७ गते मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि सो निर्णयको कार्यान्वयन स्वरूप अति प्रभावित जिल्लाहरूमा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा ल्याइने भएको हो।
उक्त परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका अति प्रभावित १० स्थानीय तहमा सञ्चालन गरिनेछ। कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)