खोटाङको बाक्सिलामा आगलागी : एक घर जल्यो
ekantipur.com · Mon Nov 20 01:05:02 GMT 2023
खोटाङ — केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिाला बजारमा आइतबार मध्य राति आगलागी भएको छ । आगलागीमा पृथ्वी माविनजिक रहेको मन्सा राईको घर जलेर नष्ट भएको छ ।
विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको बाक्सिलास्थित इलाका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहन प्रधानले बताए । क्षतिको विवरण आइनसकेको प्रधानले जानकारी दिए । आगलागीका बेला भागदौडमा १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)