मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प भन्छन्: इरानको 'नयाँ शासन'का राष्ट्रपतिले युद्धविराम माग गरे

barnanmedia.com · Wed Apr 01 21:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको 'नयाँ शासन'का राष्ट्रपतिले युद्धविराम माग गरेको दाबी गरेका छन्।

उनले ट्रुथ सोसलमा लेखेका छन्, 'इरानको नयाँ शासनका राष्ट्रपति, जो आफ्नो पूर्ववर्ती भन्दा धेरै कम कट्टरपन्थी र धेरै समझदार छन्, ले भर्खरै संयुक्त राज्य अमेरिकालाई युद्धविरामका लागि आग्रह गरेका छन्। हामी यसबारे तब मात्र सोच्नेछौँ जब होर्मुज स्ट्रेट खुला, स्वतन्त्र र स्पष्ट हुन्छ। त्यतिन्जेलसम्म हामी इरानलाई नष्ट गर्दै छौँ वा उनीहरूले भनेझैँ यसलाई ढुङ्गे युगमा फिर्ता लैजाँदै छौँ।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)