डेनमार्कका फुटबल खेलाडी (क्याप्टेन) एरिक्सनको अवस्था स्थिर
newspolar.com
कठमाडौं । डेनमार्कका फुटबल खेलाडी (क्याप्टेन) क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा डेनमार्क र फिनल्याण्डबिच भईरहेको आजको (शनिबार) खेलमा खेलका दौरान मैदानमा (क्याप्टेन) एरिक्सन अचानक ढलेका थिए । एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।
२९ वर्षका खेलाडी एरिक्सन खेलको पहिलो हाफको ४३ औं मिनेटमा एक्कासी बेहोस भएर मैदानमा ढलेका थिए। मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदानमै बोलाए सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)