मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेतको झिक्रा सल्काउँदा डढेलो फैलियो, निभाउन गएका ८५ वर्षका वृद्ध आगोमा जले

nepalkhabar.com · Wed Apr 24 23:48:53 UTC 2024

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)