मूल बीउ उत्पादन गरिँदै
ratopati.com · Sat Jul 26 22:55:00 GMT 2025

स्याङ्जा। स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।
कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)