युभेन्ट्सको सहज जित
ratopati.com
पाउलो डिबाला र डुसन भ्लाहोभिचको गोलको सहयोगमा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै उपाधि होडमा आफूलाई बलियो बनाएको हो । जितसँगै युभेन्ट्सले लिगमा ३० खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको चौंथो स्थानमा छ । सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)