मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गंगा नदीमा चिकेन बिरयानी फालेको आरोपमा पक्राउ परेका १४ जनाको जमानत याचिका खारेज

barnanmedia.com · Wed Apr 01 22:24:06 GMT 2026

इफ्तार पार्टीपछि बचेको चिकेन बिरयानी गंगा नदीमा फालेको आरोपमा पक्राउ परेका सबै १४ मुस्लिम युवकलाई भारतको वाराणसीस्थित सेसन कोर्टले धरौटीमा छाड्न अस्वीकार गरेको छ । बुधबार अदालतले उनीहरूको जमानत याचिका खारेज गरिदिएको हो ।

भारतीय समाचार माध्यमहरूका अनुसार, अदालतले आफ्नो आदेशमा भनेको छ, ‘घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नुले यो कार्य सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले गरिएको थियो भन्ने कुरा प्रथम दृष्टिमै प्रमाणित गर्दछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)