अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
barnanmedia.com · Wed Apr 01 22:32:16 GMT 2026

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयहरूमा बिचौलियाको प्रवेशलाई पूर्ण रूपमा निषेध गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै अबदेखि सबै कार्यालयमा परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएको छ। विभिन्न बहानामा बिचौलियाहरू कार्यालयभित्र छिरेर महत्त्वपूर्ण सरकारी कागजात तथा स्रेस्तामा अनाधिकृत पहुँच बनाइरहेको र चलखेल गरिरहेको गुनासो व्यापक बढेपछि मन्त्रालयले यो सुधारात्मक कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)