देउवा सरकारले अवलम्बन गर्नुपर्ने सात ‘स’ कार्यक्रम
ekagaj.com · Sun Jul 25 16:52:07 GMT 2021
राजनीतिक र आर्थिक संकट चुलिएको विशिष्ट परिस्थितीमा हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व मिलिजुली सरकार निर्माण भएको छ । देश स्वास्थ्य र आर्थिक महामारीको दोहोरो समस्या बाट ग्रसित छ । देउवा सरकारलाई ओली सरकारले छाडेर गएका अनगिन्ती विकृतीहरूको सुधार गर्नुपर्ने साथै कोभिड–१९ को महामारीबाट सृजित स्वास्थ्य र आर्थिक महामारीलाई कुशलातापूर्वक व्यवस्थापन गर्नुपर्ने चुनौंती छ । सरकारमाथि नागरिकको भरोसा बढाउनुछ । नागरिकहरूलाई रोग र भोकबाट बचाउनु नै अहिले यस सरकारको प्रमुख दायित्व भएको छ ।
बीसौं शताब्दीका आइरिस कवि डब्लु.बी. यट्सले ‘थिङ्स् फल अपार्ट’ भने जस्तै पुराना सोच र परिपाटीहरू असान्दर्भिक हुँदै गएकाले सोच र कायशैली दुवैमा परिवर्तन अपरिहार्य हुँदै गएका छन् । देशको शासन सञ्चालनमा फरक शैली अवलम्बन गरी विद्यमान रहेका र आइपर्ने राजनीतिक र आर्थिक परिवर्तनलाई सही ढङ्गले व्यवस्थापन गर्न सकेमात्रै देशमा राजनैतिक र आर्थिक स्थायित्व निर्माण हुन सक्ने देखिन्छ । कुनै विलम्ब नगरी यस सरकारको आगामी १७ महिनाको कार्यकाल यिनै महत्वपूर्ण उद्देश्य प्राप्तिको लागि केन्द्रित हुनुपर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)