मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह

barnanmedia.com · Fri Nov 15 22:48:32 GMT 2024

काठमाडौँ, १ मङ्सिर : करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ ।

“स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो”, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भन्नुभयो, “जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा देखाउन रुसलाई आग्रह गर्नुभयो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)