मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रथम सनम, गोपाल स्मृति फुटबलको उपाधि एडभान्सलाई

rajdhanidaily.com · Fri Nov 15 23:20:27 GMT 2024

संखुवासभा । प्रथम सनम, गोपाल स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी एडभान्स क्लव मानेभञ्याङले जितेको छ । संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा आज भएको फाइनल खेलमा ग्यालेक्सी फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोलअन्तरले एडभान्स क्लवले उपाधी जितेको हो । समस्याको समाधान खोजौँ, आत्महत्या हैन जीवन रोजौँ भन्ने मूल नाराका साथ प्रथम समन गोपाल स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता कात्तिक २६ गतेबाट सुरु भएको थियो ।

आत्महत्या रोकथामका लागि गाँउले स्पोटिङ क्लव खाँदबारी –७ को आयोजनामा खुल्ला पुरुष फुटबल प्रतियोगिता गरेको हो । प्रतियोगिताको उपविजेता ग्यालेक्सी फुटबल क्लवले शुन्य गोलमा चित्त बुझाएको छ । प्रतियोगिताको समापन कार्यक्रममा बोल्नु हुँदै खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले पछिल्लो समय युवा पुस्तामा मौलाएको विकृति,विसंगतिका विरुद्ध खेलकुद आवश्यकता भएकाृ बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)