कांग्रेसलाई सदस्यताकै भारी, आयोगमा उजुरी
annapurnapost.com · Tue Sep 14 06:50:00 GMT 2021
काठमाडौं : १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले २१ जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन। ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि २१ जिल्लाको सदस्यताको टुंगो छैन। सदस्यता नटुंगिएका जिल्लामा कहिले वडा अधिवेशन हुने भन्नेमा नेता/कार्यकर्ता अन्योलमा छन्।
अर्कोतर्फ विधानविपरीत कार्यदल बनाएर सदस्यताको टुंगो लगाउने गरिएको भन्दै निर्वाचन आयोगमा पनि उजुरी परेको छ। नेताहरूबीच गुटका आधारमा भागबण्डा गरेर सदस्यता वितरण भइरहेको भन्दै त्यस्तो कार्य रोक्न आयोगमा उजुरी परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)