मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थी नेताका दायित्व

rajdhanidaily.com · Sun Mar 19 23:21:37 GMT 2023

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन सम्पन्न भएको छ । केही क्याम्पसमा विभिन्न कारण निर्वाचन स्थगित भए पनि धेरैजसो क्याम्पसको स्ववियुले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले मतदानमार्फत आफ्नो नेता छान्ने यो प्रणालीले केवल विद्यार्थी संगठनलाई मात्रै चलायमान बनाउँदैन । विश्वविद्यालयमा हुने शैक्षिक गतिविधिलाई पनि प्रभावकारी बनाउन भूमिका खेल्छ । विश्वविद्यालयमा हुने निर्वाचन केवल आपूmलाई मन पर्ने नेता छान्नका लागि मात्रै हैन समग्र विश्वविद्यालय सुधारका लागि अभियान पनि हो । कुनै पनि विश्वविद्यालय सुधार्नमा विश्वविद्यालय प्रशासनको भूमिकासँगै विद्यार्थी संगठनको भूमिका पनि अहं हुन्छ । यस अर्थमा नवनिर्वाचित स्ववियु पदाधिकारीले विश्वविद्यालयमा देखिँदै आएको बेथिति अन्त्यका लागि पनि पहल गर्छन् भन्ने अपेक्षा बढेको छ ।

विद्यार्थी संगठन हरेक राजनीतिक दलका अभिन्न अंग हुन् । व्यवस्था परिवर्तनका लागि मुलुकमा भएका कुनै पनि आन्दोलनलाई निष्कर्षमा पु¥याउन विद्यार्थी संगठनको निर्णायक भूमिका रहेको जगजाहेरै छ । अझ यसलाई यसरी बुझौं नेपालमा विद्यार्थीको सहभागिताबिना आन्दोलन सम्भव छैन । यसकारण विद्यार्थी संगठन भनेको राजनीतिक दलका लागि मात्रै नभएर समग्र मुलुकका लागि ऊर्जा हो । अभियान हो र सकारात्मक परिवर्तनका लागि सबैभन्दा सशक्त माध्यम पनि हो । कुनै पनि विश्वविद्यालय प्रशासन जतिसुकै कमजोर किन नहोस् यति विद्यार्थी संगठन बलियो छ र सशक्त भूमिका निर्वाह ग¥यो भने विश्वविद्यालय सुधार हुन्छ । निकम्मा सावित भएका शिक्षालय विद्यार्थी आन्दोलनकै कारण सुध्रिएका उदाहरण धेरै छन् । तर, पछिल्ला केही वर्षयता विद्यार्थी संगठन स्वयं बरालिएको हो कि भनेर टीकाटिप्पणी नभएको होइन । विश्वविद्यालय सुधारमा केन्द्रित हुनुपर्ने विद्यार्थी नेता आपूm निकट राजनीतिक दलको प्रभावमा परेर जाहेज विषयमा पनि मौन बसेका अभियोग पनि लाग्ने गरेको छ । हो, कुनै पनि विद्यार्थी राजनीतिक विचारबाट मुक्त हुँदैन । कुनै न कुनै दलसँग उसको आबद्धता हुन्छ नै तर, दलसँग आवद्धता हुँदैमा बोल्नुपर्ने विषयमा बोल्न सकेन भने उसको क्षमतामाथि प्रश्न गर्नेहरूलाई बल पुग्छ । एउटा विद्यार्थी नेताको लाचार प्रवृत्तिले सिंगो विद्यार्थी संगठनमाथि नै टीकाटिप्पणी सुरु हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)