पाकिस्तानमा फेरि एक टिकटक प्रयोगकर्ताको रहस्यमय मृत्यु, दुई महिनामा तेस्रो युवतीको ज्यान गयो
barnanmedia.com · Sat Jul 26 23:11:40 GMT 2025

पाकिस्तानमा पछिल्लो दुई महिनामा तेस्रो महिला टिकटक इन्फ्लुएन्सरको मृत्यु भएको छ । सिन्ध प्रान्तकी चर्चित कन्टेन्ट क्रिएटर समीरा राजपुत हालै आफ्नो घरमा मृत फेला परेकी हुन् । टिकटकमा उनका ५८ हजार बढी फलोअर रहेका थिए ।
पाकिस्तानको जियो न्युजका अनुसार, राजपुतकी १५ वर्षीया छोरीले आफ्नी आमालाई विवाहका लागि लामो समयदेखि दबाब दिइरहेका व्यक्तिहरूले विष खुवाएर हत्या गरेको आरोप लगाएकी छिन् । यस घटनामा बाबु राजपुत र मोहम्मद इमरान नामका दुई जनालाई हिरासतमा लिइएको छ । तर हालसम्म कुनै एफआईआर दर्ता गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)