प्रदेशको नाम जुराउँदा पत्रकार भवनबाहिर
deshsanchar.com · Wed Mar 01 17:10:50 GMT 2023
माेरङ – बुधबार राति करिब साढे नौ बजे विराटनगरस्थित प्रदेश सभा भवनभित्र सभामुख बाबुराम गौतमले प्रदेशको नाम घोषणा गरिरहदाँ पत्रकारहरु भवन बाहिर रहेका थिए। संसदको रिपोर्टिंगका लागि भवनमा बिहानबाटै पुगेका पत्रकारलाई अन्तिम समयमा मर्यादापालकहरुले भवनभित्र प्रवेश गर्न नदिएपछि पत्रकारहरुले विरोध गरेका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरले संसदीय प्रणालीमा नामाकरण जस्तो महत्वपूर्ण मुद्धामा रिपोर्टिंग गरिरहेका पत्रकारलाई नामाकरणको अन्तिम घोषणाबाट बन्चित गराइनु खेदजन्य भएको बताए। बिहानबाट भोकै प्यासै पत्रकारहरुले देशभर प्रदेशको सूचना पुराइरहदाँ सरकार भने अवरोधमा तल्लिन रहेको उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)