मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवा प्रवाह र सुशासनमा सकारात्मक कार्य

gorkhapatraonline.com · Tue May 23 06:12:33 GMT 2023

काठमाडौँ, जेठ ९ गते । विसं २०७२ मा संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि तीन वटै तहका सरकारले काम गरिरहेका छन्। तीमध्ये स्थानीय तहको सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ। सङ्घीय र प्रदेश सरकारले भने दोस्रो कार्यकालको पहिलो वर्षमा नै काम गरिरहेका छन्।

विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछिका स्थानीय सरकारले काम थालेको मिति भने फरक छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा र जनप्रतिनिधिले गरेको शपथग्रहणको मिति फरक रहेका कारण कार्यकालको गणना मिति फरक छ। कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज गरी छ वटा महानगरपालिकाका जनप्रतिनिधिले जेठको दोस्रो सातादेखि तेस्रो सातासम्म विभिन्न मितिमा गरेको शपथग्रहणसँगै कार्यजिम्मेवार सुरु गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)