विश्वकप क्रिकेट : अस्ट्रेलियासँग हारेपछि इंग्ल्यान्ड बाहिरियो
ekantipur.com · Sat Nov 04 17:05:23 GMT 2023
अहमदावाद — डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड विश्वकप क्रिकेट-२०२३ बाट बाहिरिएको छ । अस्ट्रेलियाले उसलाई ३३ रनले हराएपछि प्रतियोगितामा इंग्ल्यान्डको चुनौती समाप्त भएको हो । इंग्ल्यान्ड आफ्नो सातौं खेलमा पराजित रहेको यो छैटौं अवसर हो ।
यससँगै टिम २ अंकमै सीमित रह्यो । अस्ट्रेलियाको भने सात खेलबाट १० अंक भएको छ र टिम तेस्रो स्थानमा छ । यो जितले उसको अन्तिम चारको यात्रा सम्भावना बलियो बनेको छ । उसको यो लगातार पाँचौं जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)