६ महिनामा एक पटक दाँतको जाँच अनिवार्य गर्नुपर्छ
khabarhub.com · Wed Nov 01 01:19:51 GMT 2023
चिसो मौसम बढेसँगै धेरैमा दाँतको समस्या देखापर्छ। चिसो बढ्दै जाँदा केही चिसो खाने कुराहरू खाँदा दाँत सिरिङ-सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने लगायतका समस्या देखा पर्छन्। यस्तो समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भन्ने गरिन्छ। हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ। दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ-सिरिङ हुन्छ। एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले गर्दा अमिलो पानी आउँछ। जसले दाँतको इनामेल खियाउँछ। दाँत किराले खायो भने पनि सिरिङ-सिरिङ गर्ने समस्या आउँछ। कस्तो व्यक्तिलाई हुन्छ दाँतमा सिरिङ-सिरिङ ? दाँत सिरिङ सिरिङ हुँदा के गर्ने ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि दन्त रोग विशेषज्ञ डा. रितु श्रेष्ठ सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)