अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता!
nepalpress.com · Wed Sep 01 20:37:32 GMT 2021
काठामाडौं । पन्ध्र वर्षअघि इरानी महान् फुटबलर अली दाईले बनाएको १ सय ९ गोलको कीर्तिमान भङ्ग गर्दै पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गत बुधबार राति पोर्चुगलको स्टाडियो अल्गार्भमा आयरल्यान्डविरुद्ध ८९औं मिनेटमा गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय १० गोलको कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले जुलाईमा सम्पन्न यूईएफए युरो २०२० को समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै दाईसँगको कीर्तिमान बराबरी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)