रवि लामिछानेको पासपोर्ट मुद्दा पनि पुग्न सक्छ सर्वोच्च
nepalkhabar.com · Mon Mar 20 16:37:19 GMT 2023
प्रहरी र वकिल कार्यालयले दर्ता गर्न अस्वीकार गरेको रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा पनि सर्वोच्च अदालत पुग्ने भएको छ। यसअघि नागरिकता सम्बन्धी रिट दायर गरेका सिन्धुलीका युवराज सफलले नै राहदानी दुरुपयोग लगायतको कसुरमा सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका हुन्।
सोमबार मात्रै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध राहदानी सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा मुद्दा चलाउनु पर्ने नदेखिएको ठहरसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरी प्रतिवेदनकै आधारमा तीन तहका वकिल कार्यालयले पनि निर्णय गर्दै रविलाई क्लिन चिट दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)