मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

संवेदनशील समूहका लागि इलामको वायु अत्यन्तै जोखिम

rajdhanidaily.com · Mon May 01 23:26:50 GMT 2023

इलाम । इलाम भन्ने बित्तिकै सुन्दर र स्वच्छ जिल्ला भनेर चिनिन्छ । चियासँगै र अन्य बोटबिरुवाले हरियाली हुनु र उद्योग कल कारखाना नभएका कारण पनि इलामको वातावरण स्वच्छ छ भन्ने बुझाइ छ । तर, पछिल्लो समय इलामको वातावरण दिन प्रतिदिन प्रदूषण हुन थालेको पाइएको छ ।

सदरमुकामस्थित उद्योग वाणिज्य संघसँगै रहेको अमेरिकन कर्नरका मापन गर्ने डिभाइस राखिएको छ । वायुको प्रदूषण मापनका लागि इलाममा राखिएको डिभाइसले इलामको वायु प्रदूषण जोखिममा रहेको देखाएको कर्नरका हेमसागर पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)