मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलग्गै पार्टी बनाउन भट्टराईको तयारी

ekantipur.com · Tue Jul 05 00:47:59 GMT 2022

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्री हेरफेर गरेलगत्तै असन्तुष्ट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

बैठकमा उपस्थित संख्या हेरेर पार्टी औपचारिक विभाजन गर्ने, निर्वाचन आयोगमार्फत नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरताको प्रक्रिया सुरु गर्ने रणनीति रहेको एक नेताले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)