मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अधिक गर्मीले बालबालिकामा देखिनसक्छ यस्ता समस्या, कसरी जोगाउने ? 

baahrakhari.com · Thu Apr 25 00:27:00 UTC 2024

काठमाडौं । देशभरको तापक्रम बढिरहेको छ । तराई क्षेत्रका अधिकांश भूभागको तापक्रम ४० डिग्री सेल्सियस आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ । आगामी शुक्रबारसम्म तातो हावा र तातो लहर चल्ने विभागको पूर्वानुमान छ । यसबाट देखिने सम्भावित असरबाट जोगिन पनि विभागले सजग गराएको छ ।

तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा छिटो तथा धेरै असर पुग्नसक्ने भएकाले उनीहरूलाई चर्को घाममा घरबाहिर नराख्न सुरक्षित हुन्छ । अत्यधिक गर्मीले उनीहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असरहरू देखिनसक्छन् । सेभ द चिल्ड्रेनका अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)