मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनुदान बक्यौता नपाएपछि रोकियो कृषि बिमाको दाबी भुक्तानी

nayapatrikadaily.com · Thu Apr 25 00:27:00 UTC 2024

सरकारले पूर्ण रूपमा अनुदानको बक्यौता रकम नदिएपछि बिमा कम्पनीहरूले कृषि तथा पशुपक्षी बिमाको दाबी भुक्तानी रोक्ने निर्णय गरेका छन् । कम्पनीहरूले १ चैतबाट यस्तो बिमाको कारोबार (पोलिसी बिक्री) रोकिसकेका छन् । सरकारले पूरा बक्यौता नदिएपछि कम्पनीले बुधबारदेखि यस्तो बिमाको दाबी भुक्तानी पनि रोक्ने निर्णय गरेका हुन् ।

कृषि तथा पशुपक्षी बिमाको अनुदानबापत सरकारले बिमा कम्पनीलाई दुई अर्ब अनिवार्य रूपमा दिनुपर्नेछ । यो गत आव ०७९/८० माघयताको बक्यौता हो । सरकारले त्यो बक्यौता नदिएसम्म दाबी भुक्तानी दिन नसकिने कम्पनीले बताएका छन् । अन्य बिमाको दाबी भुक्तानी भने नियमित रूपमा अघि बढ्ने कम्पनीहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)