प्रहरी जहिले चेपुवामा
ekantipur.com · Mon Feb 05 01:03:28 GMT 2024
सरकार र आन्दोलनकारीको चेपुवामा जहिले पनि प्रहरी पर्ने गरेको छ । आन्दोलन दबाउन सरकारले आदेश दिन्छ । आन्दोलन दबायो मानवअधिकार हनन भनेर प्रहरीमाथि नै आरोप लाग्छ । आन्दोलन नदबाए पनि कारबाही हुन्छ । आन्दोलन दबाउन निर्देशन दिने हाकिम कारबाहीमा पर्दैन, ड्युटीमा खटिने प्रहरी कारबाहीमा पर्छ ।
कोरिया जाने विषयमा परेको बिवादलाई साम्य पार्न प्रहरीले सामान्य बल प्रयोग गरिरहेको थियो, त्यत्तिकैमा मन्त्री आए । प्रदर्शनकारीको आक्रोश चुलियो । दुई युवाले ज्यान गुमाए । भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा प्रहरी र कर्मचारीबीच हात हालाहाल भयो । छानबिन समिति गठन भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)