'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
ratopati.com · Sat Jun 13 15:17:06 GMT 2026

काठमाडौँ। अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह 'मुट' फलामको भएर' को लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धरावासी, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन,पवन आलोक, कवि ढुंगाना दम्पती लगायतले कृति लोकार्पण गरे ।
प्रमुखअतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै पुराना दिनहरू स्मरण गरे । उनले भने, 'हराएको कविले फेरि सिर्जना लिएर आएकोमा खुसी छु । उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरू निरन्तर लेखेर योगदान गर्नुभएको थियो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)