भद्रगोल कांग्रेसः २८ वटै विभाग खाली
rajdhanidaily.com · Mon Jul 04 23:08:57 GMT 2022
काठमाडौं । देशको सत्ता सम्हालेको दल नेपाली कांग्रेस आफैं भने भद्रगोल बन्दै गएको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत कांग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । कांग्रेसले गत मंसिरमा नयाँ नेतृत्व चुनेको थियो ।
१४औं महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् । सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौं नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)