मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन क्रियाशील सदस्यले शुल्क बुझाउनुपर्ने

baahrakhari.com · Sat Jun 13 15:17:24 GMT 2026

काठमाडौं । तोकिएको शुल्क नबुझाउने क्रियाशील सदस्यले नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने भएका छन् । शनिबार (जेठ ३०) बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

विधानबमोजिम तोकिएको शुल्क नबुझाई अद्यावधिक भएको वा नयाँ क्रियाशील सदस्यता प्रविष्टि गर्दा शुल्क नबुझाएका क्रियाशील सदस्यलाई यथाशीघ्र बुझाउन लगाउन सम्बन्धित तहका सभापतिहरूलाई समितिले निर्देशन दिएको छ ।

तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुटेको भए आउँदो असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सकिने पनि समितिले जनाएको छ ।

#नेपाली कांग्रेस

#महाधिवेशन

#क्रियाशील सदस्यता

#विधान

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय