मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खेतीको क्षेत्रफल घट्दासमेत कसरी बढ्यो धान उत्पादन ?

ratopati.com · Tue Jan 09 00:35:00 GMT 2024

काठमाडौँ । चालु आर्थिक वर्ष धान उत्पादन बढेको छ । धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको हो । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान फलेको थियो ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले चालु आर्थिक वर्ष धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कमी आउनका साथै बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी हुनु मुख्य कारण रहेको उल्लेख गरेको छ । मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग गरिएकाले पनि उत्पादन वृद्धि भएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)