मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

Ujyaaloonline.com · Sun Oct 29 00:39:54 GMT 2023

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)