सुदूरपश्चिम सरकार : योजना बनाउँदै, अलपत्र पार्दै
annapurnapost.com · Fri Feb 25 07:20:00 GMT 2022
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चार वर्षको अवधिमा पाँचवटा बजेट परिचालन गर्यो। सुन्दर नारा योजनामा समेट्यो। तर, गौरव गर्न लायक काम र योजना बनेन्। ‘सरकारमा भएका नेताहरूले जनता सामु गएर कुनै गर्वलाग्दो काम भन्नुस् तभन्दा त्यसको जवाफ फर्काउन सक्ने अवस्था छैन,’ आर्थिक विश्लेषक शिवहरी भुडभरी भन्छन्।
प्रदेशले पाँचवटा बजेटबाट ८८ अर्ब ६० करोडभन्दा बढी रकम खर्च परिचालन गर्यो। प्रत्येक वर्ष सडक, पूर्वाधार र गौरवका आयोजना बजेटमा प्राथमिकतामा परे। ‘नत राम्रा सडक नै बने। नत गौरवका आयोजना सम्पन्न नै भए,’ भुडभरी भन्छन्, ‘योजना लाखका बने चर्चा करोडको बन्यो। मात्रै नाराको चर्चा भयो।’ चालू आर्थिक वर्षको ३० अर्ब ३३ करोडको बजेट भने कार्यान्वयनको चरणमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)