ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ
gorkhapatraonline.com · Fri Jun 05 04:41:52 GMT 2026

ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका १० फुरुम्बु घर भई हाल फुङलिङ नगरपालिका ६ मा बसोबास गर्दै आईरहेका ३८ वर्षीय गणेश लिम्बू रहेका छन् ।
फुङलिङ नगरपालिका ६ का २९ वर्षीय रुपेश मादेनलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले गत वैशाख ३० गते बेलुकी करिब साढे ९ बजे फुङलिङ ४ नयाँ बसपार्कमा मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा नियन्त्रण लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)