सेयर बजारको आकार डेढ खर्ब रुपैयाँ खुम्चियो
ekantipur.com · Mon Sep 20 17:01:37 GMT 2021
काठमाडौँ — अघिल्ला तीन कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा सोमबार पनि सोही प्रवृत्ति दोहोरियो, जसका कारण सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ अंक घट्यो ।
यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ६ सय ९८.२४ बिन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबार दिन (गत बिहीबार) को तुलनामा सोमबारको नेप्से ४.०५ प्रतिशत घटेको हो । राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ, ब्याजदर वृद्धि र लगानीकर्ता अतालिएकाले नेप्से घटेको जानकारहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)