मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीबाट काठमाडौं झरेका मन्त्री ‘नन्दी’लाई विशेष सुरक्षा

barnanmedia.com · Wed Aug 28 21:29:18 UTC 2024

भारतीय औद्योगिक विकास,निर्यात प्रोत्साहन, एनआरआई तथा लगानी प्रोत्साहनमन्त्री काठमाडौं आएका छन्। परिवारसहित दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका मन्त्री नन्दगोपाल गुप्ता ‘नन्दी’ लाई नेपाल प्रहरीले विशेष सुरक्षासहित एस्कर्टिङ उपलब्ध गराएको छ।

प्रहरी प्रधान कार्यालय कार्य विभागले हिजो सम्बन्धित कार्यालय,विभाग र युनिटलाई जारी गरेको सर्कुलरमा आज दिउँसो एअर इण्डियाको उडानमा आइपुगेपछि पाहुनालाई भोलि बिहान ११ बजेसम्म उक्त सुरक्षा प्रदान गर्न निर्देशन दिइएको छ। वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले लेखेको पत्रानुसार सहायक निरीक्षक विकास सिलवाललाई व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)