अफगानिस्तान र पाकिस्तानकाे सीमा क्षेत्रमा भीडन्त, एक पाकिस्तानि सैनिकको मृत्यु
barnanmedia.com · Wed Aug 28 21:33:08 UTC 2024

अफगानिस्तानको सीमा क्षेत्रमा भएको भीडन्तमा परी पाकिस्तानका एक जना सैनिकको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान राज्यस्थित नोक्शी जिल्लाको सीमा क्षेत्रमा सो भीडन्त भएको हो ।
अफगान फौजसँग भएको भीडन्तमा पाकिस्तानी सीमा बलका २७ वर्षीय सुवेदार तारिक इकबाल गम्भीर घाइते भएका थिए ।पेटमा गोली लागेका उनको पछि मृत्यु भएको बलोचिस्तान पोस्टले जनाएको छ ।गजनली सुरक्षा चौकीनजिक क्षतिग्रस्त सीमा छेकबार मर्मत गर्न गएका पाकिस्तानी फौजमाथि अफगान पक्षबाट गोली प्रहार भएको जनाइएको छ । त्यसको एक घण्टासम्म दोहोरो भीडन्त भएको बलोचिस्तान पोस्टले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)