सरकारले गर्यो सचिवहरुको सरुवा, गृहमा पाण्डे
deshsanchar.com · Mon Aug 09 17:22:17 GMT 2021
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले सोमबार सचिवहरुको सरुवा गरर्को छ। सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ।
त्यस्तै, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा सरुमा भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव डा. वैकुण्ठ अर्याललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पठाइएकाे छ भने जल तथा उर्जा आयोगका सचिव सागरकुमार राई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)