सचिव कृष्णहरि पुष्करको महत्त्वाकाङ्क्षा नै उनका लागि प्रत्युत्पादक, प्रधानमन्त्री बालेनले दिए सफ्ट सजाय
canadanepal.com · Fri Jun 05 04:40:00 GMT 2026

काठमाडौँ- उमेर र सेवा अवधिले नेटो काट्नै लाग्दा सिंहदरबारका ब्युरोक्रेट्सहरूमा कस्तो छटपटी चल्छ भन्ने कुराको ताजा नमुना बनेका छन्, उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर। असारको दोस्रो साता सेवा अवधि सकिएर 'पेन्सन' को तयारीमा जुट्नुपर्ने बेला सिंहदरबारको सर्वोच्च प्रशासनिक कुर्सी (मुख्यसचिव) ताक्दा सचिव पुष्करले सिंहदरबार मात्र होइन, प्रहरी कार्यालयसम्मको फन्को मार्नुपरेको छ।
प्रधानमन्त्री बालेन शाहलाई 'चेन अफ कमान्ड' मिचेर सिधै म्यासेज पठाएपछि बिहीबार दिउँसो ३ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। दिनभरिको केरकार र ७ घण्टा लामो सोधपुछपछि राति १० बजेतिर उनी आफ्नी पत्नी एवं सहसचिव आभा श्रेष्ठको जिम्मामा 'घर फर्किएका' छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
बालेन शाह