अस्थिरता र अस्तव्यस्ततामा ‘फुल्ने’ पुष्पकमल
ukaalo.com · Sun Feb 26 22:09:09 GMT 2023
पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते दिउँसो बालकोट पुगेपछि त्यसलाई ‘अप्रत्याशित अवसर’ नठानेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई प्रधानमन्त्री बनाउन केही घण्टा मात्र बिलम्ब गरेको भए के हुन्थ्यो होला? सम्भवतः यतिबेला सिंहदरबार–बालुवाटारमा दाहाल होइन, शेरबहादुर देउवा हुने थिए। त्यस दिन बिहान मात्र ओलीले कांग्रेस सभापति देउवालाई पठाएको सन्देश भनेर चुहिएका सूचनाअनुसार, कांग्रेस–एमालेबीच सत्ता–सहकार्यकै पहल अघि बढेको थियो। त्यो सम्भव नहुँदा पनि एमालेको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने लगभग तय थियो। सायद त्यहीकारण नै देउवाले दाहाललाई अन्तिम घडीसम्म पनि ‘भाउ नदिएर’ बालकोट हानिने बाटो खोलिदिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)